राजकुमारी लतिफा: 'बन्धक' बनाइएकी दुबईका शासककी छोरीको पीडादायी अनुभव

बिबिसी

काठमाडाैं

सन् २०१८मा देश छाडी भाग्ने प्रयास गरेकी दुबईकी शासककी छोरीले पछि गोप्य रूपमा आफ्ना साथीहरूलाई पठाएको भिडिओमा पिताले आफूलाई "बन्धक" बनाएको र आफ्नो ज्यान जोखिममा रहेको उल्लेख गरेकी छन्।

बीबीसी पानोरामालाई उपलब्ध गराइएको भिडिओमा राजकुमारी लतिफा अल मुक्तमले डुङ्गा चढेर भागिरहेको अवस्थामा कमान्डोहरूले आफूलाई औषधि दिएको र हवाई मार्ग हुँदै पुन: नजरबन्द गरिएको स्थान पुर्‍याइएको बताएकी छन्।

गोप्य सन्देश आउने क्रम हाल रोकिएको छ र उनका साथीहरूले संयुक्त राष्ट्रसङ्घलाई यो विषयमा प्रवेश गर्न आग्रह गरेका छन्।

दुबई र संयुक्त अरब एमिरेट्सले यसअघि उनी सुरक्षित र परिवारको साथमा रहेको बताएका थिए।

सन् २०१८ मा लतिफासँग भेटेकी र उनलाई "चिन्तित युवती" का रूपमा व्याख्या गरेकी संयुक्त राष्ट्रसङ्घकी एक जना पूर्व अधिकारी म्यारी रोबीन्सनले आफूलाई "नराम्रो तरिकाले झुक्काएको" बताएकी छन्।

प्रकाशित मिति: : 2021-02-17 07:01:00

प्रतिकृया दिनुहोस्