सभापति देउवाद्वारा अन्सारीको निधनप्रति दुःख व्यक्त

रासस

काठमाडाैं
File Photo
File Photo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीकी धर्मपत्नी मल्लिका वेगम अन्सारीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

मल्लिका वेगम अन्सारीको ५५ वर्षको उमेरमा नोवेल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरमा मस्तिष्कघात उपचारका क्रममा आज निधन भएको हो।

सभापति देउवाले शोक वक्तव्यमार्फत अन्सारीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगततर्फबाट समवेदना प्रकट गरेका छन्।
 

प्रकाशित मिति: : 2021-02-17 11:14:00

प्रतिकृया दिनुहोस्