काठमाडौं महानगरपालिकाले खुल्लामञ्च खाली गर्न सुरु गर्‍याे (भिडियाे रिपोर्ट)

काठमाडौं महानगरपालिकाले खुल्लामञ्च खाली गर्न सुरु गरेको छ। बुधबार विहान डोजर लगाएर महानगरले त्यहाँ रहेका टहरा र निर्माण सामाग्री हटाउन थालेको हो। 

खुल्लामञ्चमा काठमाडौं भ्यूटावरले निर्माण सामाग्री राखेको थियो।  यता भूकम्पको कारण आफ्नो भवन भत्किएपछि दरबार हाई स्कुलले पनि अस्थायी पठनपाठनको लागि टहरा बनाएको थियो। 

गतवर्ष कार्तिकदेखि नागरिक समाज लगात विभिन्न संघ–संस्थाले खुल्लामञ्ज अतिक्रमण भएको भन्दै खाली गर्न दबाद दिँदै आएको थियो। त्यतिबेला काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले तीन महिनामा हटाउने वचन दिएका थिए। तर कोरोना महामारीको कारण बताउँदै महागरले काम भने सुरु गरेको थिएन।

पछिल्लो समयमा काठमाडौंका विभिन्न सडकमा विरोध जुलुस तथा प्रदर्शन हुन थालेका छन्। यातायात नै प्रभावित हुनेगरी राजनीति दलले कार्यक्रम गर्न थालेपछि आम नागरिकले सास्ती भोग्दै आएका छन्। यसैक्रममो दुई हप्ता अगाडि पनि खुल्लामञ्च खाली गर्न दबाद दिएका थिए। सोही अनुरुप अहिले काम सुरु भएको प्रतिनिधिसभा संसद भिमसेनदास प्रधानले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘ढिलै भएपनि महानगरले खुल्लामञ्च खाली गर्न सुरु गरेको छ। खुशी लाग्यो,’ उनले भने,‘खुल्लामञ्च रहनुपर्छ, यहाँ कार्यक्रम लगायतका गतिबिधि हुनपर्छ भन्ने हाम्रो माग हो।’ 

मिडिया, नागरिक समाज र हाम्रो विरोधले ढिलो भएपनि काम सुरु भएकोमा खुशी लागेको संसद प्रधान बताउँछन्। 

संसाद प्रधानले भने,–‘उहाँहरुले देखानलाई मात्रै काम गरेको जस्तो गरेको हो की साँचै गर्ने हो त्यो भने हेर्न बाँकी छ।’

काठमाडौंका पुराना सम्पदा चौर, पोखरी, आवश्यक भएपनि अनेकौ नाममा मसिने गरेकोमा दःुख लाग्ने गरेको उनी बताउँछन्। उनले आफुहरु बृहत् टुडिखेल अभियान पनि सुरु गर्ने बताएका छन्। त्यसमा नागरिक समाजको साथ रहनेमा आफू विश्वास्त रहेको उनले बताए।

प्रकाशित मिति: : 2021-02-17 16:56:00

प्रतिकृया दिनुहोस्