महोत्तरीमा ट्याक्टरले किच्दा ७ बर्षीय बालकको मृत्यु

विजय साह

जनकपुर
Breaknlinks
Breaknlinks

महोत्तरीमा ट्याक्टरले किच्दा एक ७ बर्षीय बालकको मृत्यु भएको छ।

बलवा नगरपालिका ८ बस्ने कौशल यादवको ७ बर्षीय छोरा शिवमकुमार यादवको ट्याक्टरले किचेर मृत्यु भएको हो।
 
बुधबार बलवा ७ बनौटामा रहेको करिब बाबा बोर्डिङ्ग स्कुलबाट सरस्वतीको प्रतिमा विर्सजन गर्न गइरहेको अवस्थामा सोही ठाउँ बस्ने ध्रुव कुमार महतोको अन टेस्ट ट्याक्टरले किच्दा बालक गम्भीर घाइते भएका थिए।

गम्भीर अवस्थाको बालककोे उपचारको क्रममा दिउँसो ३ बजेतिर प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

घटना पश्चात ट्याक्टर चालक फरार भएकाले उनको खोजी कार्य भइरहेको छ भने ट्याक्टर ईलाका प्रहरी कार्यालय बलवाले नियन्त्रणमा लिएको जिप्रका महोत्तरीले जनाएको छ।

मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

प्रकाशित मिति: : 2021-02-17 18:15:00

प्रतिकृया दिनुहोस्