नेपाली कांग्रेसको आगामी महाधिवेशन भदौमा हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन ०७८ भदौमा गर्ने प्रस्ताव गरिएको छ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आजको लागी बोलाएको केन्द्रीय समितिको बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो।

कांग्रेसका अर्का वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठमा महाधिवेशन गर्नुपर्ने भन्दै आफ्नो अडान राख्दै आएका थिए । तर देउवाले नमानेपछि पौडेल र देउवाबीच भदौमा महाधिवेशन गर्ने गरी सहमति भएको हो । तर भदौमा महाधिवेशन गर्न देउवालाई संविधानको सहारा लिएर ६ महिनाको कार्यकाल म्याद थप्नुपर्ने हुन्छ । किनकी देउवाको कार्यकाल यहि फागुन १९ गतेबाट सकिदै छ । 

प्रकाशित मिति: : 2021-02-17 18:26:00

प्रतिकृया दिनुहोस्