बागमती प्रदेशसभाले बैठक स्थगित गरेपछि नेपाली कांग्रेसको ध्यानाकर्षण

File Photo
File Photo

बागमती प्रदेशसभाले बुधबारको लागी तोकिएको बैठक स्थगित गरेपछि नेपाली कांग्रेस बागमती प्रदेशले गम्भीर ध्यानाकार्षण गराएको छ।

बुधबार साँझ एक विज्ञप्ति निकालेर बागमती प्रदेश संसदीय दलले ध्यानाकार्षण गराएको हो। राजनीतिक सहमतिका लागि अविश्वासको प्रस्ताव दर्ता गराउने पक्ष, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तापक्षसँग मंगलबार प्रदेशसभा सचिवालयमा भएको छलफलमा प्रदेशसभा सञ्चालन गर्ने सहमति भएपनि यस विपरीत सूचना टाँसेर स्थगित गरेकोमा नेपाली कांग्रेसको ध्यानाकार्षण भएको संसदीय दलका सचिव निमा लामाले बताईन्। 

संसदीय अभ्यासको मर्म र भावनाविपरीत पटक पटक भएको यस्ता घटनाले सभामुखको गरिमा र मर्यादा घट्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। 
 

प्रकाशित मिति: : 2021-02-17 21:05:00

प्रतिकृया दिनुहोस्