अष्ट्रेलियाका मिडियामा 'फेसबुक न्यूज' शेयर गर्न प्रतिबन्ध

एजेन्सी

अष्ट्रेलिया

सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियामा न्युज फिडमा  समाचार पढ्न र शेयर गर्न बन्द गरिदिएको छ।

अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोधमा फेसबुकले अष्ट्रेलियाका मिडियालाई फेसबुकमा समाचार सामग्री सेयर गर्न बन्द गरिदिएको हो। अष्ट्रेलियाको प्रस्तावित कानुनमा फेसबुक र गुगलले मिडियाको सामग्री राखेबापत् मिडिया कम्पनीलाई  पैसा तिर्नुपर्ने व्यवस्था छ। 

फेसबुकले आफूले कुनै मिडियाको सामग्री चोर्ने नभई प्रकाशकहरूले नै आफ्नो समाचारको रिच बढाउन फेसबुकमा समाचार सेयर गर्ने गरेकाले पैसा तिर्ने कानुन ल्याउन नमिल्ने बताएको छ। 

फेसबुकमा समाचार सेयर गरेर सन् २०२० मा अष्ट्रेलियन मिडिया हाउसले ४०७ मिलियन अष्ट्रेलियन डलर कमाएको उसको दाबी छ। 

प्रकाशित मिति: : 2021-02-18 08:31:00

प्रतिकृया दिनुहोस्