बलात्कारको आरोपमा ललितपुरबाट एक जना पक्राउ

रासस

काठमाडाैं
सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

प्रहरीले १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुरको महाङ्कालबाट एक जनालाई पक्राउ गरेको छ।

स्थानीय नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गर्दै आएका पर्सा पोखरियाका २१ वर्षीय राजकुमार ठाकुरलाई आज पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

कुरमाथि बुधबार विद्यालय पछाडिको जङ्गलमा लगेर बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ। उक्त घटनामा थप अनुसन्धान भइरहेको जनाइएको छ।

यता ललितपुरको महालक्ष्मी नगरपालिका– १० लाकुरी भञ्ज्याङस्थित वनभोज स्थलमा गोदावरी नगरपालिका– २ त्रिवेणी बस्ने ४० वर्षीय राजु तामाङ मृत फेला परेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच तारकेश्वर नगरपालिका– ७ स्थित भूपू सैनिकटोल घर भएका नानीकाजी बोहराको घरबाट गएराति रु एक लाख ५० हजार नगदसहित सुनका गहना गरी करीब रु पाँच लाख ५३ हजार बराबरको धनमाल चोरी भएको छ।

चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति: : 2021-02-18 18:04:00

प्रतिकृया दिनुहोस्