अविश्वास प्रस्तावमा भोटिङ गरिहालौं भनेका छौं, कसरी षड्यन्त्र भयो ? – मुख्य सचेतक पाण्डे [अन्तर्वार्ता]

लोकान्तर

काठमाडौँ
ईश्वर अर्याल

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरे पनि उक्त प्रस्ताव निर्णयार्थ पेश हुन सकेको छैन ।

प्रदेश सभा बैठक समेत बस्न सकिरहेको छैन । बुधवारका लागि तय भएको प्रदेश सभा बैठक एकाबिहानै सूचना टाँसेर स्थगित भयो ।

प्रचण्ड-नेपाल पक्षले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीकै दबाबमा सभामुखले बैठक राख्न आलटाल गरिरहेको आरोप लगाएको छ ।

के प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले प्रदेश सभा बैठक नै बस्न नदिने रणनीति अख्तियार गरेको हो त ? बाग्मती प्रदेशमा देखिएको विवादको खास कुरा के हो ? यसै विषयमा ओली पक्षमा खुलेका नेकपा बाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक केशवराज पाण्डेसँग लोकान्तरका लागि ईश्वर अर्यालले कुराकानी गरेका छन् ।

प्रकाशित मिति: : 2021-02-18 21:17:00

प्रतिकृया दिनुहोस्