अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका छन्।

 ७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको सैनिकमञ्चमा संबोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन, संबिधान मिच्दैन, मिच्न दिँदैन, जनताको अभिमत भन्दा भिन्न बाटो हिँड्दैन, भ्रष्टाचार गर्दैन, सुशासन कायम गर्छ। यसमा सारा जनता बिस्वास्त हुनुहोस्।’ 

उनले प्रजातन्त्र दिवासको अवसरमा सम्पुर्ण नेपाली जनतालाई शुभकामना दिदै प्रधानमन्त्री ओली भने, ‘७० वर्ष अगाडि नेपाललाई अँध्यारो युगबाट उज्यालो युगमा ल्याउने काम भएको थियो। त्यो युगान्तकारी र गौरवशाली दिनको लागि ज्यानको बलिदान दिने सम्पुर्ण ज्ञात, अज्ञात सहिदप्रती श्रद्धा सुमन प्रकट गर्छु।’

उनले यो ७० को दशकमा नेपालले केहि हदसम्म विकासको फड्को मारेको बताएका छन् । तर देशमा लोकतन्त्र आइसकेपछि पनि अन्यथा बाटो रोज्ने प्रवृत्ति अझै काम रहेकोले त्यसबाट बच्नु पर्ने बताए।

उनले भने, ‘यस अवसरमा लोकतन्त्र बिना बिकृती अगाडि बढाउन लोकतन्त्र भित्रै अस्थिरता खोज्न चेस्टाहरुलाई अगाडि जान नदिन मुलुक नयाँ निर्वाचनतर्फ लागेको हुँदा सबैले निकायले आफ्नो जिम्मेवारी पुरा गर्नु होला। देशलाई अस्थिरताबाट जोगाउने बाटो नयाँ जनादेश हो।’

त्यस्तै उनले यो सरकारको तीन वर्षको उपलब्धि हेर्दा  बिकासको गतिमा गएको दिखिए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्।

प्रकाशित मिति: : 2021-02-19 11:22:00

प्रतिकृया दिनुहोस्