साउथ फिल्म गर्ने सम्झौता भएको छैन– स्वस्तिमा खड्का

फिल्म ‘बुलबुल’मा काम गरेपछि चर्चामा आएकी अभिनेत्री स्वस्तिमा खड्काको  यतिबेला साउथ फिल्म गर्ने चर्चा चलेको छ।

उनले एञ्जल मारिया सिनेमासँग नेपाली चलचित्र निर्माण कम्पनी अनन्या फिल्मस्ले निर्माण गर्न लागेको ‘थिरिमाली’मा काम गर्ने पक्का भएको खबर सार्वजनिक भैरहेको छ। 

स्वस्तिमाले भने फिल्म गर्ने एक चरणको कुराकानी भएपनि सम्भौता नभएको बताएकी छिन्।  

उनले फिल्मको विषयमा कुराकानी भएको हो। तर फिल्म गर्ने अझै पक्का भएको छैन्। फिल्ममा आफ्नो भूमिका के भन्ने विषय पनि टुङ्गो नलागेको बिएल नेपाली सेवालाई बताइन्। 

फिल्म निर्माण पक्षले भने स्वस्तिमाले फिल्म साइन गरेको बताउँदै आएको छ। 

फिल्म नेपाली युवाको कथामा निर्माण हुन लागेको फिल्मको छायांकन काठमाडौं, मुस्ताङ र भारतमा हुनेछ।

प्रकाशित मिति: : 2021-02-20 08:59:00

प्रतिकृया दिनुहोस्