ललितपुर जुवा अप्रेशन: सुनाकोठीबाट १७ जुवाडे पक्राउ

File Photo
File Photo

ललितपुरको सुनाकोठीबाट प्रहरीले १७ जना जुवाडेलाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालीका वडा नम्बर २६ सुनाकोठी स्थित अजय मर्हजनको घरमा संचालीत जुवा खालमा शुक्रबार राती छापा हामी १७ जुवालाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले मर्हजनको घरमा छापा हानेको थियो। 

प्रहरीले जुवा खालबाट ३० लाख ८४ हजार  ४ सय रकम समेत बरामद गरेको छ। विषेश सुचनाको आधारमा प्रहरीले उक्त जुवा खालमा छापा हानेको थियो।

पछिल्लो समयमा ललितपुर प्रहरीले जिल्लामा संचालीत जुवा खालमा छापा हान्दै आएको छ। 

एसएसपी किरण बज्राचार्यले ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी पाएपछि जिल्लामा संचालीत जुवाखालहरु ठाँउ सारेर अनेत्र जान थालेका छन्।

ललितपुर प्रहरीले जुवा कारवाहीलाई त्रिवता दिन थालेको छ।

प्रकाशित मिति: : 2021-02-20 10:35:00

प्रतिकृया दिनुहोस्