जनताले निर्वाचन चाहेका छन्- नेता नेम्वाङ

नेकपा ओली समूहका नेता सुवास नेम्वाङले जनताले निर्वाचन चाहेको बताएका छन्।

विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले जनताले निर्वाचन चाहेको बताएका हुन्। दुधको दुध, पानीको पानी छुट्याउन पनि निर्वाचन आवश्यक रहेको उनको भनाई थियो। 

देशव्यापी रुपमा जनता निर्वाचनमा लागेको बताउँदै उनले सर्वोच्च अदालतको फैसला पर्खिरहेकाे बताए। नेम्वाङले फागुन ११ देखि १५ गतेभित्रमा अदालतको फैसला आउने दाबी गरे।

‘फागुन ११ देखि १५ गतेभित्र अदालतको फैसला आउन सक्छ, विज्ञहरुको यही भनाइ छ,’ नेम्वाङले भने, ‘त्यसो भए के हुन्छ ? भन्ने विषयमा हाम्रो संविधानले सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा संसदमा बहस समेत गर्न पाइँदैन भनेको छ।’

प्रतिनिधिसभा विघटन गर्न पाइन्छ कि पाइन्न भन्ने कुरा उठाएकोे उल्लेख गर्दै उनले राष्ट्रपतिलाई विवादमा ल्याउन खोजिएको बताए। दुई तिहाई बहुमतका प्रधानमन्त्रीले काम गर्न नपाएपछि भङ्ग गरेको बताए। उनले प्रधानमन्त्रीले जनता गुहार्न पाउने लोकतान्त्रिक अधिकार संविधानमा राखिएको बताए।

प्रकाशित मिति: : 2021-02-20 15:06:00

प्रतिकृया दिनुहोस्