'दुनियाँ अन्धकारमय भएको बेला हाम्रा अग्रजले बेद र पुराणको रचना गरे'

प्रधानमन्त्री केपी शर्मा ओलीले चालसम्बन्धी नियम पत्ता लगाउने व्यक्ति न्यूटन नभएको दाबी गरेका छन्।

विराटनगरमा आयोजित जनसभामा बोल्दै ओलीले नेपालका विभिन्न पौराणिक इतिहास र बौद्धिक व्यक्तित्वको चर्चा गर्नेक्रममा यस्तो दाबी गरेका हुन्।

‘न्यूटनले भनेको ग्राभिटेसनको सिद्धान्त गणिताचार्य भाष्कराचार्य नाम गरेका गणितज्ञाले यसै भू-भागमा पत्ता लगाएका थिए। न्यूटनले भन्दा ५ सय वर्ष अगाडी भाष्काराचार्यले गुरुत्वाकर्षणसम्बन्धी सिद्धान्त पत्ता लगाएका थिए। हाम्रा कोर्ष बुकहरू सच्याइनु पर्छ अब। न्यूटनले गुरुत्वाकर्षण सम्बन्धी नियम पत्ता लगाएका होइनन्,’ ओलीले भने, ‘हाम्रा पूर्वजहरु विद्धान र अनुसन्धानदाता थिए। विश्व अन्धकारमय भएको बेला हाम्रा अग्रजले बेद र पुराण रचना गरेका थिए।’

ओलीले नेपालकै भूमिमा सभ्यताको पहिलो शंखघोष शिव सभ्यताबाट भएको, विचार र दर्शनको सभ्यता शैब्य दर्शनको रुपमा यही भूमिबाट सुरु भएको, शांख्य दर्शनको रुपमा कपिलमुनी जस्ता दार्शनिक, योगका प्रणेता शिव र कपिलमुनी जस्ता विद्धान, अर्घखाँचीमा जन्मिएर हुर्किएका अष्टांङ योगको विकास गर्ने पतञ्जली, आर्युर्वेद नेपालमै सुरु भएको पनि दाबी गरे।

प्रधानमन्त्री ओलीले तारा, ग्रह, नक्षेत्रहरुको अध्ययन गर्ने हजार वर्षपछिसम्मको भविष्यवाणि गर्ने खगोलशास्त्र सम्बन्धी विभिन्न तथ्य उहिल्यै हाम्रा पूर्वजले पत्ता लगाएको दाबी पनि गरे।

प्रकाशित मिति: : 2021-02-20 17:01:00

प्रतिकृया दिनुहोस्