दक्षिण कोरियामा रहेका युवाको पहलमा उपचारका लागि आर्थिक सहयोग

तेजन खड्का

उर्लाबारी

दक्षिण कोरियामा रहेका युवाहरुको पहलमा हात खुट्टा चल्न छोडेर थलिएका शुक्रराज याक्सोलाई आर्थिक सहयोग गरिएको छ। 

मोरङ उर्लाबारी—९ का उनलाई उपचारका लागि दक्षिण कोरियामा रहेका उर्लाबारी—९ भोटेपुलका देबेन्द्र खतिवडाको अगुवाई र नेपाली दाजुभाईबाट नगद ६२ हजार ६ सय ५१ रुपैंया आर्थिक सहयोग गरिएको हो।
 
उक्त रकम शुक्रराजलाई उनकै घरमा पुगेर समाजसेवी लोलिम पोमुले हस्तान्तरण गरेका हुन्। उनले सहयोगी दातालाई धन्यवाद दिनका साथै उपचारमा आफ्नो तर्फबाट पनि सक्दो सहयोग गरिरहेको बताए। 

राजघाट समूह, दक्षिण कोरिया नाम दिएर देवेन्द्र खतिवडासहित  युना हाङ सुब्बा(सस्टिका),दिपक पौडेल,योगराज रानामगर , समीर सिम्बू(देउवा),ललित सिम्बू ,सुबास तामाङ, बिरोज सुब्बा ,आभास राई,सन्जय धिमाल,पुर्ण निरौला, अशोक पौडेल ,हेम चापागाईं ,लक्ष्मण गौतम र सेवन लिम्बूले सो रकम सहयोग गरेका हुन्।  

शुक्रराजको समस्याबारे समाजिक सञ्जालमा देखेपछि देवन्द्रले आफ्नै गाउँ समाजकै दुखपिडालाई आफ्नो पीडा सम्झेर सहयोग गरेको बताए। 

रकम हस्तातरण कार्यक्रममा स्थानीय हेमन्त पौडेल,कैलाश थापा मगर,खगेन्द्र खतिवडा र सञ्चारकर्मी तेजन खड्कालगायतको उपस्थिती रहेको थियो।

यसैगरी, उर्लाबारी भोटेपूल हाल दुवईमा रहेका सुर्य विकले पनि शुक्रराजको उपचारका लागि नगद ५ हजार सहयोग गरेको बिरामीका दाई आइतराज याक्सोले जानकारी दिए।

'विदेशबाट उपचारमा सहयोग जुट्न थालेपछि उपचारत शुक्रराजको स्वास्थ्यमा सुधार आइरहेको छ' आइतराजले भने। 

प्रकाशित मिति: : 2021-02-20 20:29:00

प्रतिकृया दिनुहोस्