बार्सिलाेनाकाे बराबरी

बिएल संवाददाता

बार्सिलोना
Photo: Getty Images
Photo: Getty Images

स्पेनिस लालिगामा यसै सिजन उक्लिएको काडिजले बार्सिलोनालाई बराबरीमा रोकेको छ। आइतबार घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना काडिजसँग १–१ को बराबरीमा रोकिएको हो।

खेलमा बार्सिलाेनाका कप्तान लियाेनल मेसी र काडिजका एलेक्स फर्नान्डेजले गाेल गरेका थिए।

३३औं मिनेटमा पेड्रीलाई लडाएपछि पाएको पेनाल्टीमार्फत खेलमा बार्सिलोनाले अग्रता लिएको थियो। उक्त पेनाल्टी मेसीले सदुपयोग गरेका थिए।

तर खेल सकिन केही मिनेट बाँकी रहँदा काडिजले बराबरीमा फर्कियाे। उसका लागि एलेक्स फर्नान्डेजले पेनाल्टीमार्फत गाेल गरे।

याेसँगै बार्सिलाेना २३ खेलबाट ४७ अंक साथ तेस्राे स्थानमा यथावत् छ।

यता काडिज समान खेलबाट २५ अंक जाेडेर १४ औं स्थानमा छ।

प्रकाशित मिति: : 2021-02-22 07:45:00

प्रतिकृया दिनुहोस्