सुविधासम्पन्‍न अस्पतालसहितको जहाजको समुद्री परीक्षण सफल

Photo : defpost
Photo : defpost

चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्‍न अस्पतालसहितको जहाजको समुद्री परीक्षण सफल भएको छ। 

१७४ मिटर लम्बाई र २८.६ मिटर चौडाई रहेको उक्त सुविधासम्पन्‍न पानीजहाजमा २७७ वटा वार्ड छन भने ६४१ वटा शैया रहेको निर्माण कम्पनीले जनाएको छ। 

जहाज निर्माण कम्पनीका अनुसार जहाजभित्र पाँच तारे होटेल र सुविधासम्पन्‍न अस्पतालले उपलब्ध गराउने सबै खालका सेवाहरू दिन सक्ने प्रविधिहरु जडान गरिएका छन्।
 

प्रकाशित मिति: : 2021-02-22 08:06:00

प्रतिकृया दिनुहोस्