नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव वैशाख २३ गतेबाट सुरु हुने

Photo : proav
Photo : proav

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्दै आइरहेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी वैशाखमा हुने भएको छ।

महोत्सव वैशाख २३ देखि २७ गते सम्म चल्नेछ। महोत्सवमा सहभागिता जनाउने गरी ५२ देशबाट चार सय ५० फिल्म आएको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै ३१ देशका ६३ फिल्म छनोट भएको जानकारी दिएको हो। महोत्सवमा सहभागी फिल्महरू फिचर, डकुमेन्ट्री, सर्ट फिल्मलगायत विधाका छन्। 

प्रकाशित मिति: : 2021-02-22 21:13:00

प्रतिकृया दिनुहोस्