डा. बाबुराम भट्टराई नयाँदिल्लीमा अस्पताल भर्ना

बिएल संवाददाता

नयाँदिल्ली

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भारतको राजधानी नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका छन्।

मंगलबार विहान ११ बजे भर्ना भएको  भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए।

'मंगलवार दिनभर उहाँलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ', पाण्डेले भने।

पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्योपचारका लागि आइतवार भारतको नयाँदिल्ली प्रस्थान गरेका थिए।

 उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए।

चिकित्सकहरुले उनलाइ न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले नयाँदिल्लीमा त्यसको उपचारका 'इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस'मा गएका हुन्।

डा. भट्टराईसँग उनी पत्नी पूर्वमन्त्री हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहेका छन्।

प्रकाशित मिति: : 2021-02-23 12:54:00

प्रतिकृया दिनुहोस्