संसद पुनर्स्थापनाकाे स्वागतमा प्रचण्ड समूह निकट अनेरास्ववियूकाे दीप प्रज्वलन

बिएल संवाददाता

काठमाडाै‌ं

संसद पुन स्थापन निर्णय आए लगत्तै नेकपा प्रचण्ड समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंको माइतीघरमा दीप प्रज्वलन गरेको छ। 

मंगलबार मात्रै सर्वोच्च अदालतले सरकारले गरेको संसद विघटनको निर्णयलाई बदर गर्दिएको हो।

अनेरास्ववियूले विभिन्न नाराबाजी गर्दै सर्वोच्चको निर्णय स्वागत गरेका हुन्। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाको माग समेत गरेका छन्। भने सर्वोच्च अदालतलाई धन्यवाद समेत दिएका छन्।

प्रधानमन्त्रीले केपी ओलीले गत पुस ५ गते संसद विघटन गरेर मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका थिए। त्यसको चौतर्फी बिरोध हुदै आएको थियो।

प्रकाशित मिति: : 2021-02-23 19:50:00

प्रतिकृया दिनुहोस्