आदिवासी जनजाति साहित्यकार महासङ्घ गठन

बिएल संवाददाता

काठमाडाै‌ं

कोरियामा पराजित पोमुको संयोजकत्वमा आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको अन्तर्राष्ट्रिय समिति ‘नेपाल आदिवासी जनजाति साहित्यकार महासङ्घ दक्षिण कोरिया’ गठन भएको छ। 

अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा दक्षिण कोरियामा रहेका नेपाली आदिवासी साहित्यकारको भेलाले १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो।

समितिका सहसंयोजकमा मञ्जु गुरुङ र गोकुल थोकर हुनुहुन्छ भने सचिवमा शकुन आँसु, सहसचिवमा सोनाम दोङ्बा ह्योल्मो, एइडेन छन्त्याल र कोषाध्यक्षमा समीप खेम पुन छन्। 

त्यस्तै सदस्यमा बाला थुलुङ, सेसेफुङ शेर्मा, उत्तम खजुम, दिलिप बान्तावा, सुष्मा रानाहँछा, सुनिलदिप्त राई, सर्जन सुब्बा, राधुङ छा, गनिन्द्र विवश र दीपा मेवाहाङ राई छन्। 

आदिवासी जनजातिको मौलिक सभ्यता निर्माण, आदिवासी सौन्दर्यमाथि दावी र मौलिक दर्शनशास्त्रको निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले दक्षिण कोरियामा पनि महासङ्घको समिति गठन गरिएको संयोजक  पोमु र सचिव आँसुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रासस
 

प्रकाशित मिति: : 2021-02-24 12:17:00

प्रतिकृया दिनुहोस्