सशस्त्र द्वन्द्व अन्त्यको १५ वर्ष : सास नजाँदा गोली हानेर मारे

हिमाल खबर

काठमाडाै‌ं

माओवादी र राज्यबीच चलेको हत्याको शृंखला अन्त्य भएको १५ वर्ष बितिसकेको छ। १ फागुन, २०५२ देखि चलेको माओवादी सशस्त्र द्वन्द्वको १० वर्षमा १३ हजारभन्दा बढी नेपालीले ज्यान गुमाए, एक हजारभन्दा बढी बेपत्ता पारिए र लाखौँलाखले पीडा भोगे। त्यो समय अझै बिझाउन छोडेको छैन।

क्रमणकालीन न्याय अपूरै रहेको अहिलेको समयमा त्यो द्वन्द्व स्मरण गर्दा कस्तो लाग्छ? अझ द्वन्द्वको समयमा गाउँगाउँमा पुगेर रिपोर्टिङ गरेको पत्रकारलाई त्यो स्मरण गर्दा कस्तो लाग्छ?

त्यति वेला द्वन्द्वबाट सबैभन्दा बढी प्रभावितमध्ये पर्ने बाजुराको पाण्डुसेन पुगेका पत्रकार मोहन मैनालीलाई अझै पनि झझल्को आइराख्छ। अहिले पनि बिझाइरहने पाण्डुसेनको त्यो यात्राः

आजभन्दा १८ वर्षअगाडि २०५९ साल कात्तिक १३ गते बाजुराको पाण्डुसेन पुगेका थियौँ। त्यहाँ मानिसले धान काटिरहेको खिच्यौँ। त्यसपछि हामी हिँड्दै जाँदा एकजना मान्छेले गहुँ छरिरहेको देख्यौँ। त्यो खिच्नुपर्‍यो भनेर क्यामेरा र क्यामेरा राख्ने ट्राइपोड निकाल्यौँ। गहुँ छरिरहेका मान्छे त भागे।
 

प्रकाशित मिति: : 2021-02-24 20:15:00

प्रतिकृया दिनुहोस्