ओली पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दै

File Photo
File Photo

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्। बिहीबार विहान साढे ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको हो।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेपछि पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा नेताहरुबाट ब्रिफिङ लिनको लागि बैठक बोलाइएको बुझिएको छ।

‘हिजोको बैठकमा केही सदस्यहरुले ब्रिफिङ गरेका थिए। आज पनि त्यही क्रम जारी रहनेछ,’ एक स्थायी कमिटीका सदस्यले भने।

उनका अनुसार सबै नेताहरुले बोलेपछि मात्रै प्रधानमन्त्री ओलीले आफ्नो धारणा राख्ने छन्।
 

प्रकाशित मिति: : 2021-02-25 07:49:00

प्रतिकृया दिनुहोस्