जसपालाई प्रचण्ड समूहको प्रस्ताव : अब मिलेर जाऔँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समूहले जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर जाने प्रस्ताव राखेको छ।

आज बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठसँग छलफल गरेका थिए।

छलफलमा प्रचण्ड समूहले जसपाका नेताहरूलाई मिलेर सरकार बनाउने प्रस्ताव गरेको स्रोतले जनाएको छ।

प्रकाशित मिति: : 2021-02-25 12:41:00

प्रतिकृया दिनुहोस्