प्रदेश २ मा बाख्रा र भेडालाई पिपिआरविरुद्धको खोप अभियान सुरु

विजय साह

जनकपुर

खसीबाख्रा र भेडामा लाग्ने रोग नियन्त्रण गर्न प्रदेश २ मा निःशुल्क पिपिआर खोप लगाउने अभियान सुरु भएको छ।

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले एक बाख्रालाई आफैले पिपिआर खोप लगाएर यसको शुभारम्भ गरेका हुन्।

उनले बिहिबार धनुषाको धनुषाधाम नगरपालिका डाँडाटोलमा आयोजित बाख्रा र भेडामा लाग्ने संक्रमक रोग पिपिआरविरुद्ध निःशुल्क खोप सेवा कार्यक्रमको उदघाटन गर्दै उद्घाटन समारोहमा बाख्रालाई पिपिआर खोप लगाइदिएका थिए।

कार्यक्रममा मन्त्री साहले भेडा बाख्रामा रोग लाग्नै नदिन प्रदेश २ को आठ वटै जिल्लाका सबै पालिकामा निःशुल्क पिपिआर खोप कार्यक्रम सञ्चालन गरिएको जनाए। पशुपालनमा आत्मानिर्भर भइरहेकाले पशु मत्युदर घटाउन अनिवार्य पिपिआर खोप लगाउन किसानलाई मन्त्री साहले आग्रह गरे।  

उनले यही १३ गतेदेखि आउँदो २६ गतेसम्म सबै पालिकामा एकैसाथ पिपिआर खोप सेवा सञ्चालन भएको र पशुमा लाग्ने अन्य रोगविरुद्ध खोप सेवा समेत क्रमशः संचालन हुने भएकाले स्थानीय तहको पशुपंक्षी सेवा शाखामा सम्पर्क राख्न अनुरोध समेत गरे।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाको आयोजना तथा पशुपंक्षी सेवा शाखा धनुषाधाम नगरपालिकाको सहयोगमा डाँडाटोलमा निःशुल्क पिपिआर खोपको लगाइएको छ ।

प्रकाशित मिति: : 2021-02-25 14:36:00

प्रतिकृया दिनुहोस्