पोखरामा पर्यटकहरुको चहलपहल बढ्दै

रासस

पोखरा
Photo : fai
Photo : fai

आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य पोखरामा पर्यटकको चहलपहल बढेको छ।

कोरोना भाइरसका कारण लामो समय ठप्प पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन्। आन्तरिक तथा बाह्य पर्यटकको सदाबहार चहलपहल हुने पोखरामा विदेशी पर्यटक खासै नभए पनि आन्तरिक पर्यटकको भने आकर्षण बढेको पर्यटन व्यवसायी बताउँछन्।

पोखरा बजार तथा  आसपासका ग्रामीण पर्यटकीयस्थलमा पनि पर्यटक बढेका छन्।विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण लामो समय घरभित्र बन्द  पर्यटक त्रास कम भउपछि घुमफिरमा समय दिन थालेका छन्।

साथै कोरोना खोप लगाउन शुरु भएसँगै भ्रमणको गन्तव्य पोखरा बनाउनेहरु पनि बढ्नाले आन्तरिक पर्यटकको चहलपहल बढेको हो।

पोखराका प्रमुख पर्यटकीय गन्तव्य फेवाताल, फेवातालको बीचमा अवस्थित तालबाराही मन्दिर, महेन्द्र गुफा, गुप्तेश्वर गुफा, चमेरे गुफा, पातले छाँगो, विश्व शान्ति स्तूपलगायत स्थलमा घुमफिर गर्नेहरुको सङ्ख्या बढेको छ।

फेवातालमा डुङ्गामा शयर गर्ने र  प्याराग्लाइडिङमा रमाउनेहरु पनि उत्तिकै छन्। 

 

प्रकाशित मिति: : 2021-02-25 15:15:00

प्रतिकृया दिनुहोस्