श्रीलङ्काका कारागारमा भएका २६ नेपाली महिला, दूतावास भन्छ, 'तत्काल छुट्ने सम्भावना छैन'

विगत १० महिनादेखि श्रीलङ्काका कारागारमा रहेका २६ जना नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलङ्कास्थित नेपाली दूतावासले जनाएको छ।

विभिन्न मुलुक जाने क्रममा ट्रान्जिटका रूपमा श्रीलङ्काको बाटो प्रयोग गरेका ती महिलालाई श्रीलङ्का प्रहरीले पक्राउ गरेको नेपाली दूतावासका तृतीय सचिव बालकृष्ण भण्डारीले बीबीसीलाई बताए।

ती महिलालाई विभिन्न खाडी मुलुक लैजानका लागि एजेन्टको रूपमा काम गर्ने श्रीलङ्काली नागरिकलाई त्यहाँको प्रहरीले अदालतमा मुद्दा दायर गरेपछि प्रमाणका लागि नेपाली महिलालाई त्यहाँ राखिएको भण्डारीले बताए।

उनले भने, "हामीले श्रीलङ्का सरकारसँग समन्वय गरिरहेका छौँ। अदालतले रिहा गर्ने आदेश नगरिन्जेल उनीहरूलाई छुटाउने सम्भावना न्यून छ।"

कसरी पुगे श्रीलङ्का?

नेपालका विभिन्न क्षेत्रका महिलाहरूलाई खाडी मुलुकसम्म पुर्‍याउनका लागि छिमेकी मुलुक भारतका पूर्वोत्तर राज्यका नाकाहरूको प्रयोग बढ्दै गएको छ।

अवैध बाटो हुँदै खाडी मुलुकसम्म जानका लागि अहिले भारतका पूर्वोत्तर राज्यहरू मिजोरम तथा मणिपुरबाट सोझै म्यान्मार पुगिने र त्यहाँबाट विभिन्न खाडी मुलुकसम्म पुग्न सहज भएकाले उक्त 'रूट'को प्रयोग अहिले बढ्दो क्रममा रहेको बताइएको छ।

प्रकाशित मिति: : 2021-02-25 15:38:00

प्रतिकृया दिनुहोस्