मिस तथा मिसेस ब्युटिफुल-२०२१ मा  ‘ट्यालेन्ट’ उपाधिको लागि प्रतियोगीहरुले देखाए आफ्नो प्रतिभा

दक्ष इन्टरटेनमेन्ट प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको मिस तथा मिसेस ब्युटिफुल–२०२१ का प्रतिस्पर्धीहरूले आफ्नो प्रतिभा प्रदशन् गरेका छन्।  

प्रतियोगीहरूले ‘ट्यालेन्ट’ उपाधिका लागि आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन्। हरेक वर्ष हुने मिस तथा मिसेस ब्युटिफुलमा अविवाहित र विवाहित महिलाहरुले सहभागिता जनाउदै आएका छन्।

यसवर्षको 'ट्यालेन्ट' उपाधिको लागि प्रतियोगीहरूले नृत्य, अभिनय,  गीत संगीत,चित्रकला, वाककलाजस्ता विभिन्न प्रतिभा प्रदर्शन गरेर निर्णायकहरुको मन जित्ने कोसिस गरेका थिए।

प्रतिभा प्रदशनको निर्णायकमा लागि फिल्म निर्माता तथा निर्देशक राजु शाह,अभिनेत्री रश्मी भट्ट, गायक सानु थापा, गायिका तथा सञ्चारकर्मी सरिता भारती, गीतकार अशोक तामाङ र सञ्चारकर्मी अरुणा श्रेष्ठ रहेका थिए। 

मिस ब्युटिफुलको लागि १३ जना अविवाहित युवतीहरुले सहभागी जनाएका थिए।  त्यस्तै मिसेस ब्युटिफुलको लागि १२ जना विवाहित महिलाहरुले सहभागी जनाएका थिए।
 

प्रकाशित मिति: : 2021-02-26 05:53:00

प्रतिकृया दिनुहोस्