उद्योग खोल्न अनेक झन्झट, झुलाउने प्रवृत्तिले लगानीकर्ता हैरान

हिमाल खबर

काठमाडाै‌ं

प्रक्रियागत झन्झट र कर्मचारीको तजबिजी अधिकारका कारण उद्योग स्थापनामा अड्चन हुँदा लगानीकर्ता निरुत्साहित हुने गरेका छन्।

गत आइतबार उद्यमी रुद्रराज पाण्डेले उद्योग स्थापनाको सास्ती उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबूकमा स्टेटस लेखे। उनले लेखेका थिए, “मेरो नयाँ कम्पनी डियरहोल्ड लिमिटेडको सहायक कम्पनी नेपालमा खोल्ने काम शुुरू गरेको ६ महीना भयो, उद्योग विभागले चाहिने/नचाहिने मनगढन्ते कागज मागेर झुलाएको झुलायै छ।” 

अमेरिकास्थित आइटी कम्पनी डियरहोल्डका संस्थापक पाण्डेले जापान र सिंगापुरमा एक सातामा सहायक कम्पनी खोल्न सम्भव भएको उल्लेख गरेका छन्। यसअघि सूचनाप्रविधि सम्बन्धी कम्पनी डियरवाक सञ्चालन गरिसकेका पाण्डेले दुई वटा सफल कम्पनी खोलेर सयौंलाई रोजगार दिएकाले यस पटक सरकारले सहुलियत देला भन्ने अपेक्षा विपरीत झन् अप्ठेरोमा पारेको लेखेका छन्। पाण्डेले लेखेका छन्, “भनौं त कसलाई भनौं। विदेशबाट पैसा ल्याएर नेपालमा लगानी गर्न खोज्दा यस्तो हैरान पाइन्छ। यो देश सुध्रिएला जस्तो लागेन।”
 

प्रकाशित मिति: : 2021-02-26 19:06:00

प्रतिकृया दिनुहोस्