लेखापालले नै लुटिन् सहकारीको १८ लाख

रातोपाटी

काठमाडाै‌ं

काठमाडौं । काठमाडौंको कोटेश्वर–३२ सहयोगीनगरस्थित सौभाग्यशाली सहकारी लुटियो । माघ २५ मा साँझ ५ बजेतिर सहकारी लुटिएको कुरा त्यहाँका कर्मचारी र सञ्चालक समितिले चाहिँ भोलिपल्ट बिहान मात्रै थाहा पाए । 

सहकारीमा एकजना ऋणीले माघ २५ मा कार्यालय समय सकिन लाग्दा बुझाएको १० लाख र बजारबाट संकलन गरेको करिब ८ लाख रकम थियो । सहकारीको ढोका खोलेर १७ लाख ८५ हजार चोरी भयो ।  

लुटमा सो सहकारीमा काम गर्ने लेखापाल सावित्री सुवेदी संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रारम्भिक अनुसन्धानबाट सुवेदीको हात रहेको देखिएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।  ‘चोरीमा संलग्न रहेको आशंकामा लेखापाल सावित्री सुवेदीलाई पक्राउ गरेका छौं’ प्रहरी उपरीक्षक बस्नेतले भने–‘थप अनुसन्धान गर्दैछौं ।’ 

प्रकाशित मिति: : 2021-02-26 19:40:00

प्रतिकृया दिनुहोस्