अदालतद्धारा कैद असुली, ५६ लाख राजस्व सङ्कलन 

रासस

तनहुँ

जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतबाट फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी रही फरार रहँदै आएका विभिन्न मुद्दाका गरी झण्डै १६३ वर्ष कैद असुली भएको जनाएको छ। 

साउन महिनादेखि हालसम्म प्रहरीद्वारा पक्राउ परेका ३४७ जना फरार प्रतिवादीलाई पक्राउ गरी कुल १६२ वर्ष ११ महिना २८ दिन कैद असुली गरेको हो। प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा २५७ पुरुष र ९० महिला रहेका छन्।

पक्राउ परेकामध्येबाट जरिवाना तिर्न बाँकी रहेको रु ५६ लाख १७ हजार ११५ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। 

अवैधानिकरुपमा नदीजन्य उत्खनन गर्ने ९४ वटा सवारी साधनलाई पक्राउ गरी सम्बन्धित पालिकामा पठाउँदा रु एघार लाख ३७ हजार जरिवाना तिरेका छन्।

जबर्जस्ती करणी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगलगायतका २४० मुद्दा दर्ता भएका छन् । 

प्रकाशित मिति: : 2021-02-27 11:49:00

प्रतिकृया दिनुहोस्