खाडीमा फोहोर टिप्ने ती कमाण्डरको कथा

सेतोपाटी

काठमाडौँ

दिपक घिमिरे

आज शुक्रबार! हाम्रो कम्पनीमा बिदाको दिन। हाम्रो मात्र होइन, अरबमा  प्राय:शुक्रबार बिदा हुन्छ।

सँगै काम गर्ने मुस्लिम धर्मावलम्बीहरू नवाज पढ्न मस्जिद जाने तयारीमा थिए । म चाहिँ आज जेबल अलि पार्कतिर निस्कने सोच्दैछु।

खाडी छिरेको सुरूका केही महिना म अलपत्र जस्तै थिएँ। उठ्यो काममा हिँड्यो , आयो सुत्यो । न साथी थिए , न नै आफन्त। यिनै बंगाली थिए अनि दुई चार थान यमनी।

 अरू दिन साथीभाइ नहुनुमा कुनै चिन्ता हुँदैन तर यो शुक्रबार होस् या छुट्टिको दिन। एक्लो हुनुको पीडा कसैले मलाई आएर सोधोस् प्लिज!

एक्लै घुम्न त्यति टेसिलो हुँदैन परदेशमा। बाटैमा कोही भेटिएला अनि धकेल्दै हिँडाउला, घुमाउला भन्ने आशा पनि हुँदैन यहाँ।

घुम्न निस्कने तयारी गरिसकेपछि फेसबुक खोलेँ, सुबासे हरियो बत्ती बालेर अनलाइनमै थियो।

उसलाई म्यासेन्जरमै कल गरेँ, फोन उठेन।

 

प्रकाशित मिति: : 2021-02-27 13:34:00

प्रतिकृया दिनुहोस्