अतिकम विकसित मुलुकबाट नेपाल माथि उक्लँदा फाइदा कि बेफाइदा

बिबिसी

काठमाडाै‌ं

राष्ट्रसङ्घले शुक्रवार गरेको निर्णयमा नेपाल, बाङ्लादेश र लाओलाई एलडीसीबाट माथि उक्लिने सूचीमा सिफारिस गरेको छ।

माथि उक्लन यसपटक कोभिडका कारण पाँच वर्षको परीक्षणकाल दिइएको छ।

सामान्यत परीक्षणकाल ३ वर्षको हुने गर्थ्यो।

परीक्षणकालमा राष्ट्रसङ्घले नेपालका विभिन्न सूचकाङ्कहरू अनुगमन गरिरहनेछ।

एलडीसीबाट माथि उक्लन यसपटक नेपालले आवेदन दिएको थियो।

माथि उक्लनका लागि केही मापदण्ड छन्

  • राष्ट्रिय प्रतिव्यक्ति आय १,२२२ अमेरिकी डलरभन्दा माथि हुनुपर्ने
  • मानव सम्पत्ति सूचकाङ्क ६६ वा माथि हुनुपर्ने
  • आर्थिक जोखिम सूचकाङ्क ३२ वा कम हुनुपर्ने

तर सन् २०१८ मा भने राष्ट्रसङ्घको सूचीमा परेर पनि नेपालले सन् २०१५ को भूकम्पलाई कारण देखाउँदै नउकाल्न आग्रह गरेको थियो।

प्रकाशित मिति: : 2021-02-27 18:15:00

प्रतिकृया दिनुहोस्