प्रधानमन्त्री ओली आज गृह जिल्ला जाँदै

File photo
File photo

प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन्। 

झापा क्षेत्र नम्बर ५ मा बन्न लागेको चीन-नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्न झापा पुग्न लागेका हुन्। एक हजार ६०० हेक्टरमा बन्ने औद्योगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुने बताईएको छ।

पहिलो चरणमा रु ६३ अर्ब २१ करोड लगानी गरेर निर्माण कार्य हुनेछ। औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले दक्षिण एसियाकै उत्कृष्ट हुने अपेक्षा लिईएको छ। 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि प्रधानमन्त्री ओली पहिलो पटक आज झापा जान लागेका हुन्।
 

प्रकाशित मिति: : 2021-02-28 06:45:00

प्रतिकृया दिनुहोस्