काठमाडौं महानगरपालिका अगाडि नागरिक आन्दोलनको धर्ना (भिडियो)

विकासको नामना सरकार प्रतिगमनतर्फ गएको भन्दै बृहत् नागरिक आन्दोलन काठमाडौं महानगरपालिका अगाडि धर्ना बसेको छ। 

महानगरले अबैधानिक रुपमा बालाजु-वाईपास सडक बिस्तार गरेको, कमलपोखरीको ऐतिहासिक तथा साँस्कृतिक महत्व मासिने गरि पुनर्निर्माण गर्न लागेको तथा टुँडिखेल अधिग्रहण गरेको भन्दै धर्ना बसेका हुन्।

धर्नामा सहभागीले बालाजु वाईपास सडक बिस्तारमा एकतर्फी रुपमा जग्गा कटान गरेर महानगरले जनताको उठिबास गर्न खोजेको आरोप लागेको छन्। 

उपत्यका विकास प्राधिकरणले सडकको दुबै तर्फ ७र७ मिटर जग्गा काट्ने भने पनि अर्कोतर्फ नकाटेर आफ्नो घर मात्रै भत्काउन खोजेको धर्नामा सहभागी बालाजुका श्यामकृष्ण मानन्धरले गुनासो गरे।

बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय् दबूको संयोजनमा विभिन्न खलः पुचः मोर्चा अभियानले काठमाडौं महानगरपालिका अगाडि धर्ना बसेका हुन्।

प्रकाशित मिति: : 2021-02-28 13:22:00

प्रतिकृया दिनुहोस्