नेपाल कम्युनिष्ट (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीलाई एक बनाउन आफुहरुले प्रयास गर्ने बताएका छन्।
प्रेस सङ्गठन नेपालको प्रदेश नं २ स्तरीय भेलालाई आज सम्बोधन गर्दै नेता भट्टराईले नेकपामा एकता चाहनेको संख्या अधिक भए पनि केही व्यक्तिका कारण पार्टी अप्ठ्यारोमा परेको बताए।
नेता भट्टराईले भने, “नेकपा एक होस् भन्ने धेरैको चाहना छ तर केही व्यक्तिको हठका कारण पार्टी अहिले जटिल परिस्थितिमा फसेको छ।”
उनले गत चुनावमा पार्टी एक भएकै कारण चुनाव जितिएको स्मरणसमेत गरे।