कोरोना महामारीमा फस्टाएको विरयानी अड्डा

कोरोना भाइरसको महामारीका कारण धेरै व्यवसाय धराशायी भए। कुनै उठ्नै नसक्ने गरी डुबे। कुनै घाटा खाएरै जसोतसो चल्दै छन् तर विदेशमा श्रम गरेर फर्किएका युवाले  शुरु गरेको विरयानी अड्डा बन्दाबन्दीमै फस्टाएको छ।

मध्यबानेश्वरमा गत वर्ष फागुन १५ गते शुरु गरेको विरयानी अड्डा एक महिना नपुग्दै कोरोना भाइरसका कारण सरकारले लगाएको बन्दाबन्दीमा पर्यो तर बन्दाबन्दीमै होम डेलिभरी शुरु गरेर ग्राहकको मन जित्दै अघि बढ्यो।

एकवर्षकै बीचमा अहिले ग्राहकबीच निकै लोकप्रिय बनेको छ। बालुवाटार भएका भई मध्यबानेश्वरमा पुस्तकालय चलाउने उत्सव कडेललाई विरयानी अड्डाको वियरानी खुब स्वादिलो लाग्छ।

“सर्भिस राम्रो छ, विरयानीमा नयाँ स्वाद छ, रियल टेष्ट छ, सुपथ मूल्यमा खान पाइन्छ”, उनले भने, “यहाँ वास्तविक विरयानीको स्वाद पाइन्छ, म नियमित आउने ग्राहक हुँ, मैले सोचेजस्तो खान पाएको छु।”  

विरयानी भन्ने बित्तिकै मुसलमान जातीको खानाको परिकार हो भन्ने आम बुझाइ रहेको छ। आजभोलि नेपालीले पनि यसको स्वादमा मज्जा लिन थालेका छन्।

मुस्लिम समुदायकी डा नुरसवालाई आजभोलि नेपालीले पनि आफ्नो परिकार आएकोमा राम्रो छ। विराटनगर घर भई हाल पुरानो बानेश्वमा तीन महिनादेखि बस्दै आउनुभएकी नुरसवाले थपे, “मुस्लिमको खास खाना हो, यहाँ चाँहि हामीले बनाउनेजस्तै छ, मीठो र राम्रो छ।”  उनलाई माटाको मट्कामा बाटाएको विरयानी  आफ्नै घरमा बनाएझैँ लाग्छ।। रासस
 

प्रकाशित मिति: : 2021-03-01 08:35:00

प्रतिकृया दिनुहोस्