चन्दा आतंक मच्चाएकाे आरोपमा विप्लव समूहका शुसलिङ्ग महोत्तरीबाट पक्राउ

विजय साह

जनकपुर
सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर शुसलिङ्गलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गौशालाले उनलाई महोत्तरीको गौशाला नगरपालिका ११ तारेचौरीबाट पक्राउ गरेको हो।

सर्लाहीमा चन्दा आतंक मच्चाएपछि प्रहरीको तीब्र खोजीको सूचीमा रहेका शुसलिङ्गलाई तारेचौरीमा लुकेर बसेको अवस्थामा आइतबार साँझ पक्राउ गरेको प्रहरीले बताएको छ।

गौशाला प्रहरीले पक्राउ गरेका शुसलिङ्गलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ।

शुसलिङ्ग महोत्तरीमा बसेर सर्लाहीमा चन्दा आतंक मच्चाएको प्रहरीको आरोप छ।

व्यापारी र कर्मचारीलाई धम्कीपूर्ण व्यवहार गरी चन्दा आतंक मच्चाएपछि सर्लाही प्रहरीको सहयोगमा शुसलिङ्गलाई महोत्तरीको गौशालाबाट पक्राउ गरिएको हो।

प्रकाशित मिति: : 2021-03-01 10:59:00

प्रतिकृया दिनुहोस्