राप्रपा लाग्यो महाधिवेशनको तयारीमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मंगलबार सम्पन्न केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले आगामी २०७८ वैशाख २५ देखि २८ सम्म काठमाडौंमा हुने महाधिवेशनका तयारीमा केन्द्रित भएर त्यसको तयारीमा लाग्ने निर्णय गरेको छ।

सो पार्टीको आगामी २०७८ वैशाख २५ देखि २८ सम्म काठमाडौंमा हुने महाधिवेशनलाई दृष्टिगत गर्दै ‘स्थानीय तहको परिषद तथा निर्वाचन निर्देशिका’ र ‘केन्द्रीय निर्वाचन समिति सम्बन्धी निर्देशिका’ पारित गरेको छ।

उक्त निर्देशिकामा जिल्ला निर्वाचन समितिको गठन २०७७ फागुन २५ भित्र गरिसक्ने, सक्रिय सदस्यता वितरण अभियानलाई २०७७ चैत १५ सम्म म्याद थप गर्ने, वडादेखि जिल्ला तहसम्मका कार्य समितिहरुको गठन चैत मसान्त सम्ममा गरिसक्ने कार्यतालिका छ।

पारित निर्देशिकामा महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन २०७८ बैशाख १० भित्र सम्पन्न गर्ने, समायोजन गर्न बाँकी रहेका केही जिल्लाहरुको सात दिनभित्र समायोजन गर्न पार्टीका नेता बुद्धिमान तामाङ, विक्रम पाण्डे, सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भास्कर भद्रा सम्मिलित चार सदस्यीय समिति गठन गरी जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति: : 2021-03-02 14:17:00

प्रतिकृया दिनुहोस्