चलचित्र पाइरेसी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। इन्टरनेटको माध्यमबाट चलचित्र पाइरेसी गरेको भन्दै लमजुङका सुजन परियार पक्राउ परेका हुन्।
चलचित्र विकास बोर्डले आज पत्रकार सम्मेलन गरेर युवकलाई सार्वजनिक गरिएको हो। पेशाले शिक्षक रहेका उनी सिनेमा घर गोल्ड एप लगायत अन्य एपहरुबाट नेपाली चलचित्र पाइरेसी गर्दै बजारमा पठाउँदै आएका थिए।
उनलाई १३ गते नै प्रहरीले पक्राउ गरेको थियो।