अबको पाँच वर्षभित्र तराईका सबै ठाउँमा सिंचाई पुर्‍याउछौँ: प्रधानमन्त्री

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालीहरु आयातकर्ता र उपभोक्ता नभई निर्यातकर्ता बन्नुपर्ने बताएका छन्।

तराईमा उत्पादित फलफूलहरुलाई विदेशसम्म निर्यात गर्नुपर्नेमा उनले जोड दिए।

सिन्धुलीमा निमार्ण हुन लागेको सुनकोशी मरिन डाइभर्सन बहुउद्धेश्यीय आयोजनाको बिहीबार शिलान्यास गर्दै उनले केही वर्ष भित्रै तराईका सबै फाँटहरुमा पर्याप्त सिंचाई पुर्‍याउने प्रतिबद्धता जनाए।

‘अबको पाँच वर्षभित्र तराईका सबै ठाउँमा सिंचाई पुर्याउँछौं’, प्रधानमन्त्री ओलीले भने। 

ओलीले सामाजिक सुरक्षा भत्ताको रकम मासिक ३ हजारबाट बढाएर छिट्टै ५ हजार पुर्‍याइने बताए।

प्रत्येक ज्येष्ठ नागरिकहरुको लागि सरकारले १ लाख बराबरको जिवन विमाको व्यवस्थ गर्न लागेको जानकारी दिए।

राष्ट्रिय गौरवको आयोजना मानिएको सुनकोशी मरिन डाईभर्सनको काम तोकिएको समयभित्र पूरा गर्न उनले निर्देशन दिएका छन्।

ओलीले कार्यक्रम स्थलबाटै सांस्कृतिक उत्थानको लागि स्थानीय महिलाहरुलाईे लागि रु १ लाख ५० हजार दिएका थिए।

प्रकाशित मिति: : 2021-03-04 15:28:00

प्रतिकृया दिनुहोस्