सिंचाईमन्त्री भन्छन्- 'केपी शर्मा ओली, हिजो आज र भोलि!'

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले विकास र समृद्धीको बाटोमा हिडिरहेका प्रधानमन्त्रीलाई प्रचण्ड र माधव कुमार नेपालले छेक्न खोजेको बताएका छन्।

आज सिन्धुलीमा भएको सुनकोशी मरिन डाईभर्सन बहुउद्धेश्यीय आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी भित्रका विभिन्न उत्तारचढावले ओलीलाई झन बलियो बनाएको बताए। 

उनले भने, 'मलाई धेरैले सोध्नुहुन्छ- ओलीलाई किन साथ दिएको? भनेर। उहाँहरुलाई आज म भन्दैछु- केपी शर्मा ओली, हिजो आज र भोली!'

रायमाझीले उक्त राष्ट्रिय गौरवको आयोजनाले रोजगारीको वातावरण सिर्जना गरेकोसमेत बताए। पुर्वाधार विकासमा स्थानियको सक्रियताले पनि महत्वपुर्ण भुमिका खेल्ने उनको ठम्याई छ। 

अधिकाशं राष्ट्रिय गौरवका ठुला आयोजनाहरुले सिन्धुलीलाई समेटेको उल्लेख गर्दै उनले नमुना जिल्ला बनाउनमा आफुले पुर्ण सहयोग गर्ने बताएका छन्। 
 

प्रकाशित मिति: : 2021-03-04 15:41:00

प्रतिकृया दिनुहोस्