बजेट सकियो, तर सात वर्षमा बागमती नदीको रूप जस्ताको त्यस्तै

थाहा खबर

काठमाडौँ

श्याम राई

 अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको उद्देश्य थियो –प्रदूषित नदीमा कञ्चन पानी बगाउने।

विकास समितिले २०७० जेठ ५ गतेबाट नागरिक सफाइ अभियान सञ्चालन पनि गर्‍याे। अहिलेसम्म बागमती सफाइ अभियान चार सय ७ औं हप्ता पुगिसकेको छ।

तर, बागमती नदीको रूप भने अझै फेरिन सकेको छैन। अहिले पनि नदीमा लेदोसँगै पानी बगिरहेको देखिन्छ। पानीको दुर्गन्धले खोला आसपास सर्वसाधारणले नाक थुन्दै हिँडिरहेका छन्।

किन बागमती सफा हुन सकेन त?

बागमती नदी सफाइ अभियान थालिएको सात वर्ष पुग्दा पनि पानी सफा नभएको विषयमा विकास समितिका सूचना अधिकारी कमल अर्याल भन्छन्, ‘हामी हप्ताको प्रत्येक शनिबार दुई घण्टा सफाइ अभियान सञ्चालन गर्छौं। तर, स्थानीय चेतनशील नहुँदा नदीमै फोहोर फाल्छन्। झार उखेल्दै जाँदा यता उम्रिँदै जान्छ। त्यसैले सफा गरेजस्तो नदेखिएको हो।’ 

प्रकाशित मिति: : 2021-03-04 22:07:00

प्रतिकृया दिनुहोस्