'सबै ठिक हुन्छ' भन्दै म्यान्मारको आन्दोलनमा उत्रिएकी एक किशोरीले गोली लागेर ढल्नुअघि के-के गरिन्

बिबिसी

काठमाडौं

म्यान्मारमा सैनिक कूविरुद्ध भइरहेको प्रदर्शनका क्रममा गोली लागेर मारिएकी १९ वर्षिया किशोरीको अन्त्येष्टिमा बिहीवार मान्डलेमा ठूलो भिड जम्मा भएको थियो।

एन्जल भनेर चिनिने क्याल सीन गोली लागेर ढल्दा उनको टिसर्टमा लेखिएको थियो, "सबै कुरा ठिक हुनेछ।"

सामाजिक सञ्जालहरूमा उनलाई व्यापक रूपमा श्रद्धाञ्जली दिइएको छ। कैयौँले उनलाई 'हिरो' भनेका छन्।

गत माघ १९ गते सेनाले सैनिक कू गरेयता म्यान्मारमा सैनिक शासनको अन्त्य र बन्दी नेताहरूको रिहाइको माग गर्दै ठूला प्रदर्शनहरू भइरहेका छन्। 

हिलेसम्म ५४ जनाभन्दा धेरै प्रदर्शनकारीहरू मारिएको राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले जनाएको छ।

बुधवार मात्रै त्यहाँ विभिन्न स्थानमा ३८ जना प्रदर्शनकारी मारिएका थिए।

प्रकाशित मिति: : 2021-03-05 18:37:00

प्रतिकृया दिनुहोस्