ताण्डव नृत्य: सृष्टिको मूल कि शास्त्रीय नाचको एक अङ्ग

बिबिसी

काठमाडौं

जब शिवरात्रि नजिकिन्छ, गुगलमा शिव ताण्डव खोज्नेहरू र युट्युबमा ताण्डव नृत्य हेर्नेहरूको सङ्ख्या ह्वात्तै बढ्छ।

युट्युबमा ताण्डव भनेर खोज्दा पाइने एउटा नृत्य २५ करोडभन्दा बढी पटक हेरिएको देखिन्छ। अर्को एउटा ताण्डव साढे नौ करोडभन्दा बढी पटक हेरिएको छ।

अन्य कैयौँ ताण्डव नृत्य पनि करोडौँ पटक हेरिएको छ। लय, शब्द र शैली फरक भएका तर डमरुको डमडम आवाज र ऊर्जायुक्त थरी-थरीका ताण्डव नृत्य युट्युबमा टन्नै छन्।

धर्मशास्त्रका जानकारहरू ताण्डवलाई भगवान् शिवसँग जोड्छन्। यसैकारण शिवरात्रि नजिकिएका बेला ताण्डव नृत्य खोज्नेहरूको सङ्ख्या निकै बढ्ने गरेको छ।

प्रकाशित मिति: : 2021-03-06 19:02:00

प्रतिकृया दिनुहोस्