ओटेफद्वारा महिला बन्दीलाई सामग्री हस्तान्तरण

Symbolic photo
Symbolic photo

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले संस्थाको १११औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा कास्की कारागारका महिला बन्दीलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

मञ्चले कारागार परिसरमा महिला बन्दी चौकीदार बिन्दु कुँवर र निमित्त कारागार प्रमुख तप रमणमालाई राइसकुकर पङ्खा र स्यानिटरी प्याडलगायत सामग्री वितरण गरेको हो। 

निमित्त प्रमुखले पोखरेलले विसं २०२१ मा स्थापना भएको कारागार आजसम्म आइपुग्दा जुनरूपमा स्तरोन्नति हुनुपर्ने हो सोअनुसार हुन नसकेको बताए।

अरु निकायमा जस्तो कारागारको पूर्वाधार विकासमा राज्यले ध्यान दिन नसक्दा समस्या रहेको बताउँदै उनले कारागारलाई सुधारगृहका रूपमा विकास गर्नुपर्ने धारणा राखे। कारागारको तीन ब्लकमा ९०६ कैदीबन्दीमध्ये ७२ महिला रहेको पोखरेलले जानकारी दिए।

कारागारमा विभिन्न सङ्घसंस्थाले बन्दीका लागि आवश्यक सहयोग गरेको उनको भनाइ थियो। मञ्चका अध्यक्ष पार्वती पाण्डेले जीवनमा जानअन्जानमा विभिन्न कसुर गरेर कानूनअनुसार सजाय भोगिरहेका महिला बन्दी सीमित स्रोत र साधनका कारण विभिन्न कठिनाइसँग जुध्नुपरेको जानकारी दिए। 

कार्यक्रम मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुलीले संस्थाले महिलाको नेतृत्व तथा र नेतृत्व विकाससँगै  सामाजिक उत्तरदायित्व बहन गर्दै महिला बन्दीलाई सहयोग गरेको बताइन्।

 महिला बन्दी चौकीकार बिन्दु कुँवरले महिला बन्दीको आवश्यकता र मागलाई बुझेर सहयोग गरेकामा धन्यवाद दिइन्। उनले जीवनमा गल्ती गरेर पछुताउनुभन्दा गल्ती गर्नुअघि सोच्न सके पछुताउनु नपर्ने धारणा राखिन्। 

संस्थाका सल्लाहकार पम्फा पहारी, सचिव ममता न्यौपानेलगायतले सस्थाको उद्देश्य र महिला श्रमिक दिवसको महत्वमाथि भनाइ राखेको थियो।

 कार्यक्रम संयोजक लक्ष्मी लामिछाने कार्यसमिति र सल्लाहकार सहभागिता करिब ५० हजार बराबरको सामग्री हस्तान्तरण गरेको जानकारी जानकारी दिइन्। रासस 

प्रकाशित मिति: : 2021-03-06 19:49:00

प्रतिकृया दिनुहोस्