ओली भर्सेज प्रचण्ड-माधव: सर्वोच्चले आज नेकपाको विवादबारे अन्तिम फैसला सुनाउदै

File photo
File photo

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दल कसको भन्ने अन्तिम निर्णय आज (आईतबार) सुनाउदैछ। 

गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरसँगै नेकपा दुई खेमामा बाँडिएका थिए। त्यसयता नेकपा कसको हो भन्ने विषयमा विवाद चुलिदै आएको थियो। 

आज न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपाको विवादबारे अन्तिम फैसला सुनाउन लागेको छ। 

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते रिट दर्ता गरेका थिए। 


 

प्रकाशित मिति: : 2021-03-07 07:37:00

प्रतिकृया दिनुहोस्