महिला ‘सर्जन डाक्टर’ बन्न सक्दैनन् भन्ने धारणालाई चिर्दै डा. लाखे

रातोपाटी

काठमाडाैं

माया श्रेष्ठ 

नेपालमा सर्जन विशेषज्ञ डाक्टरमध्ये प्रतिष्ठित नाम हो पलेस्वाँ जोशी लाखे । महिलाले कार्यक्षेत्र र परिवारलाई सन्तुलन मिलाएर लैजान सक्दैनन् भन्ने सोच्नेहरूका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) जिआई–ग्यास्ट्रो इन्टेस्टाइनल एन्ड जनरल सर्जरीको विभागीय प्रमुख डा. लाखे एउटा गतिलो जवाफ हुन् । महिला सर्जनलाई उचित स्थान दिएको खण्डमा आफ्नो अब्बलता प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण हुन् उनी । अध्ययन, पेशागत जिम्मेवारी र घर–परिवारलाई सफलतापूर्वक अघि बढाउन सफल उनी नेपाली महिलाका लागि प्रेरणाको स्रोत पनि हुन् ।

आमाको प्रेरणा

सानैदेखि लाखेलाई शिक्षिका बन्ने रहर थियो । जब उनी हुर्किदै गइन्, तब आफ्नी आमा स्त्रीरोग विशेषज्ञ डा. विमला जोशीको पेशाप्रतिको लगाव, लगनशीलताबाट प्रभावित हुँदै गइन् । बिरामीहरु उपचारपछि निको भएर घर फर्किदा उनले आफ्नी आमामा देखेको सन्तुष्टिले पनि   शिक्षिका बन्ने उद्देश्यलाई त्यागेर डाक्टर बन्ने निष्कर्षमा पुगिन् उनी ।

प्रकाशित मिति: : 2021-03-08 11:55:00

प्रतिकृया दिनुहोस्