नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग राजनीतिक दल रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा पुगेको छ।
आयोगको मंगलबार बसेको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फैसलाबाट बदर भएको जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बेग्लाबेग्लै दल कायम भएको निर्णय गरेको थियो।
यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु भने सत्तापक्षकै सिटमा बस्ने भएका छन्।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने भएका हुन्।