शिवरात्रि, सेना दिवस र संवेदनशीलता

कोरोना महामारीको सुरुवाती दिन अति नै पीडादायी र त्रासदीपूर्ण हु“दा यो वर्षका चाडपर्व, दिवस र उत्सव निरस, गुमनाम झैं र उत्साहशून्य अवस्थामा बिते। अहिले परिस्थिति सहजयुक्त हुँदै गएको र भ्याक्सिन पनि आइसकेकाले यो अवस्थाबाट मानिसलाई राहत पुग्दै जानेछ।

आज हामी शिवरात्रि मनाउँदै छौं। सेना दिवस पनि आजै परेको छ। चेतना र योग विद्याको जनक शिवलाई मानिन्छ भने सेना राष्ट्रिय शक्तिको प्रमुख तत्वमध्ये हो।

आदियोगी शिव र नेपाली सेनाको शक्तिद्वारा रक्षित यो पवित्र भूमि परचक्रीले विभिन्न कालखण्डमा टाउको उठाउन खोजे पनि निस्तेज पार्न सक्ने शक्तिका रूपमा आजको दिनको बहुकोणीय महत्व छ।

राजनीतिक परिपेक्ष्यमा सेनालाई पनि जोडिने चर्चा–टिप्पणीको प्रसंग, हालै मनाइएको राष्ट्रिय एकता तथा पृथ्वीजयन्ती र नेपाली सेनाभित्रका सुधार एवं प्रवद्र्धनात्मक कार्यबारे यहाँ चर्चा गर्ने जमर्को गरेको छु।

 

प्रकाशित मिति: : 2021-03-11 07:07:00

प्रतिकृया दिनुहोस्